तिन सवारी ठोकिदा १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १, २०७५

हेटौंडा, जेठ १। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–पथलैया खण्डमा ट्रक, स्कार्पियो र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१३ का सुरजकुमार गुप्ताको ज्यान गएको प्रहरीले जनाएका छन् ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ६ ख ७१९ नम्बरको ट्रकले ठक्कर दिएर उछिट्टएको बा १२ च ९९१ नम्बरको स्कार्पियोले बा ८१ प ४१ ५१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।