धादिङबाट ११ जना युवासंघ केन्द्रिय कमिटीमा मनोनित

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ३१, २०७५

धादिङ बैशाख ३१ । नेपाल कम्युनिष्ट पार्टी एमालेको युवाहरुको संगठन, युवा संघ नेपाल केन्द्रीय कमिटीमा धादिङबाट ११ जना मनोनित भएका छन् ।

युवासंघ केन्द्रिय कमिटी केन्द्रिय उपाध्यक्ष, सचिव सहित विभिन्न पदमा धादिङबाट ११ जना मनोनित मनोनीत भएका हुन् ।

युवा संघ नेपाल जिल्ला कमिटी धादिङका वरिष्ठ उपाध्यक्ष हापा गुरुङले धादिङपोष्टलाई दिनुभएको जानकारी अनुसार सोमबार भएको युवा संघको विस्तारित भेलाबाट केन्द्रिय उपाध्यक्षमा धादिङका क्रान्ति बुर्लाकोटी, सचिवमा रमेश आचार्य सदस्यहरुमा विष्णुहरि त्रिपाठी, वेगबहादुर पाण्डे, दिपक खतिवडा, दिपक दुवाडी, स्वतन्त्र पाण्डित, सन्तोष सिलवाल, प्रज्वल तामाङ र लेखा आयोग सदस्यमा बाबु छत्कुली मनोनित भएका हुन् ।

अहिले मनोनितमा पर्ने दिपक खतिवडा युवा संघ नेपाल जिल्ला कमिटी धादिङका वर्तमान अध्यक्ष हुन ।