ललितपुर,बैशाख ३१। ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा मंगलबार साँझ भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन । त्यस्तै, क्षतिको विवरण पनि आएको छैन ।
प्रहरीका अनुसार त्यहाँ रहेको प्लास्टिक उद्योगमा आगलागी भएको कारण आगो नियन्त्रणमा ल्याउन असहज भइरहेको छ ।
वारुण यन्त्रहरु त्यहाँ पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर आगलागी नियन्त्रणमा खटिएका छन् ।