धादिङ बैशाख ३१ । नेपालको पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण धादिङ लगायत देशकाका सबै क्षेत्रमा पानी परि रहेको छ ।
यो बादल लाग्ने र पानी पर्ने क्रम सोमबार पनि जारी रहने मौषमविदले जनाएका छन् ।
पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका सबैजसो क्षेत्रमा आज दिनभर पनि पानी पर्ने मौसमविद मिनकुमार अर्यालले बताएका हुन् ।
‘दिउँसो एक–दुई घण्टा हल्का खुलेको जस्तो देखिए पनि रातिसम्मै पानी पर्ने देखिन्छ,’ अर्यालले भने, ‘भोलि दिउँसोबाट क्रमिक रुपमा सुधार हुनसक्छ ।’ तर, पूर्णरुपमा आकाश खुल्न भने अझै केहि दिन लाग्ने उनले बताए ।