खनियावासमा सरसफाइ र पोषणको चौतारी कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३०, २०७५

गोपाल फ्युवा तामाङ
धादिङ खनियाबास वैशाख ३० ।
उत्तरी धादिङको खनियावास गा।पा।वडा नं।३ साविक वडा-४, कुरीमा स्वास्थ्य तथा सुआहाराको पोषण चौतारी कार्यक्रम सम्पन्न भएको छ।

खनियाबासमा शनिवार भएको कार्यक्रममा स्वस्थ रहन व्यक्तिगत, पारिवारिक र सामाजिक ३ तरिकाको सरसफाई बारे DCDS का सचिव मरिचमानले अवगत गराएका थिए ।

सुआहाराका फिल्डसुपर भाईजर गणेशमान तामाङले बच्चा गर्भरहे देखि २ बर्ष सम्मको समय सुनौलो १००० दिनको बारे बिस्तृत जानकारिका साथ पोषण आहारा, महिनावरि, सरसफाई, दिशापिसाब फोहोर मैला ब्यवस्थापन लगायत शिक्षा मुलक जानकारी गराएका थिए ।

ल्याक्चे कुण्ड आधारभुत विद्यालयका प्र।अ।राज तामाङले सबैले भन्नुभएको ज्ञान बर्ध्दक कुरालाई व्यबहारमा उतार्नु पर्नेमा जोड् दिदै महत्वपूर्ण बिषयहरूबारे बताएका थिए ।

त्यस्तै कुण्डदेवी आ वि का प्र।अ।हरि तामाङबाट अन्धो र लङ्गटोको उदाहरण प्रस्तुत गर्दै बाहिरि ज्ञान र आफु भित्रको क्षमतालाई संयोजन गरि समाज विकासमा टेवा पुर्याउनु पर्ने खांचो प्रष्ट्याए ।

कर्यक्रममा लालुपाते आमा समूहकी अध्यक्ष कान्छी माया, स्वयं सेविका तारा तामिङ, DCDS का सदस्य जल बहादुर तामाङले पनि स्वस्थ्य र पोषण सम्बन्धी भनाई व्यक्त गरेकी थिइन् ।

DCDS का अध्यक्ष तेजसिंह गुरूङले लालुपाते आमा समूहलाई सरसफाई सम्बन्धि सामाग्री थुन्से-८,कुच्चो (झाडु)-६ र मास्क १ प्याकेट ९५०० हस्तान्तरण गर्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम पछी ग्युङ९कुवा,धारा० र स्वास्थ्य केन्द्र बिन्दु हाता सरसफाई गरेको थियो ।