धादिङ बैशाख ३० । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी ६ चालिसेमा भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक नेकपा कार्यकर्ताले जलाएका छन् ।
बन्द उल्लङ्घन गरेकोले भारतिय नम्बर प्लेटको ट्रकमाथि कार्वही गरिएको विप्लव नेतृत्वका नकपा कार्यकर्ताले धादिङपोष्टलाई बताए ।
आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर जलेर पूर्ण क्षेति भएको छ ।
बिहान ५ बजे नै आगजनी गरिएको ट्रक वरिपरी माटो हालेर स्थानियले आगो दायाँ बाँया नफैलिन रोकेका थिए ।
काठमाण्डौँ महानगरपलिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।