धादिङ बैशाख २८ । गैर आवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष एवम् धादिङ बुढाथुमका लोक दाहाल यतिबेला नेपालमा छन् ।
बेल्जियममा एक विरामीको उद्दार गरि परिवार सामु डाक्टर सहित आएका दाहालले सुमन देवकोटा र उनको उपचारको लागि संकलन भएको रकम शुक्रबार विरामी सुमनको आमालाई जिम्मा लगाएका छन् ।
बेल्जियमबाट शनिवार आएका दाहालले सुरुमा काठमाडौ स्थित ग्रान्डी हस्पीटलमा सुमन देवकोटा लाई पुर्याएर थप स्वास्थ्य चेकजाँच गराएका थिए ।
ग्रान्डीका Md neuro pyschiatry dr. अनुराग मिश्रको सल्लाह अनुसार देवकोटालाई उनले नै हेर्ने गरी ३ महीनाको लागी बेल्जियमबाट ल्याइएको औषधी कन्टीन्युट गरी ३ महीना पछी ग्रान्डी हस्पीटल ल्याउने गरि दाहालले परिवारलाई जिम्मा लगाएका हुन् । देवकोटालाई उपचार र उनको परिवार सम्म ल्याउनको लागि महत्वपूर्ण सहयोग प्राप्त भएको बताए । दाहालका अनुसार
१. कास्की समाज बेल्जियम ६३१
२. गेन्ट वाट संकलन ६४२
३. लुभेन बाट संकलन ८३६
४. ब्रसेल्स रिता श्रेष्ठ बाट ४०५
५. तमु समाज बाट ५०५
६. देवराज पौडेल आन्तोरपीन ४००
७. तमु धि बाट २०५
८. लोक दाहाल संग संकलन ६१९
९. हुम नाथ पान्डे ब्रसेल्स १७७
जम्मा संकलन ४३८१ युरो
सुमनको टिकट ६७०
डा. को टिकट ७७५
जम्मा १४७५ रूपाकोटलाई २८७५ युरो सुमन देवकोटाको आमालाई गैर आवासिय नेपाली संघ बेल्जियमको कार्यालयमा केन्द्रीय उपाधक्ष्य सपीला राज भन्डारी सहीतको उपस्थितमा नेपाली ३ लाख ७७ हजार ८२५ बराबरको रकम हस्तान्तरण गरियो ।
साथै केही रकम एन आर एनको खातामा जम्मा भएको जस्तै ओस्टन्डेको रकम केहि साथीहरूको रकम पनि खातामा जम्मा भएको र केही रकम अझै उठनु पर्ने रहेकोले बाकी रकम संकलन पठाइने दाहालले बताए ।
यो पनि पढौं
सामाजिक अभियान्ता लोक दाहाल उदाहरणिय कामका साथ नेपाल आउँदै