वीरगञ्ज,बैशाख २८। विरगञ्ज प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ कोन्हिया टोला बस्ने ५५ वर्षीय सत्यनारायण मुखियालाई पक्राउ गरेको छ ।
उनले १६ वर्षीया छोरी गायत्री कुमारीको विवाह बाराको प्रसौनी गाउँपालिकाको नकटुवा बस्ने महन्थ मुखियाको छोरा परमा मुखियासँग गर्ने तय गरेका थिए । २७ गते कथा मटकोर र २८ गते विवाह तय भएको थियो ।
बालविवाहमा गराउन खोज्ने केटा पक्षलाई पनि बारा प्रहरीले खोजी गरिरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।
सत्यनारायण मुखियाको ६ जना छोरीहरु मध्ये तीन वटाको विवाह भईसकेको छ भने चौथी गायत्रीको विवाह रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले सत्य नारायणलाई बालविवाह उद्योगको मुद्धा दर्ता गरिएको जानकारी दिए । ‘बालविवाह हुन लागेको जानकारी हामीले पायौं, त्यसपछि मुखियालाई पक्राउ गरेर कारबाही पक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘जिल्ला अदालत पर्साबाट ४ दिनको म्याद थप भएको छ । थप अनुसन्धान गर्दैछौैं ।’
प्रहरीले सत्य नारायणको भतिजा पर्ने अर्को एक युवकलाई पनि नियन्त्रणमा लिएको भएपनि सोधपुछ पछि छोडिदिएको छ ।