नरेन्द्र मोदीको भ्रमण बिरोधमा दुई जना पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २८, २०७५

बुटवल ,बैशाख २८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिरोध गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष डा.हाजी मोहमद हमन र रुपन्देही जिल्ला अध्यक्ष झम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बिरोधसभाका साथै कालो झण्ड प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

जनमुक्ति पार्टी प्रदेश ५ को संयोजन तथा जिल्ला समितिका रुपन्देहीको व्यवस्थापनमा बुटवलको पुष्पलाल पार्कमा बिरोध प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।