सिड्नीको दक्षिण पहाडी बस्तीमा रक्तदान कार्यक्रम

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २८, २०७५

एजेन्सी । सिड्नी÷ न्यू साउथ वेल्स राज्यको दक्षिण पहाडी बस्तीहरुमा बस्ने नेपालीहरु बिभिन्न सामाजिक गतिबिधिहरुमा पनि सहभागी हुन थालेका छन् ।

उक्त संस्थाले आफ्ना सामाजिक गतिविधि अन्तर्गत यसै हप्ता रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दक्षिणि पहाडी बस्तीहरु मिट्टागँग, बोरल तथा मोसभेल आसपास बसोबास गर्ने १४ जना रक्तदाताहरु उक्त कार्यक्रममा सहभागी भयको संस्थाका सचिव किसोर शर्मा (डिल्ली)ले अनलाइनखबरलार्इ जानकारी दिए ।

कार्यक्रमलाई कम्युनिटीका संस्थापक सदस्य सुरेसदेब आचार्यले संयोजन गरेका थिए । संस्थाका अध्यक्ष अरुण गौतमले भने – यस्तो पुण्य कार्यको निमित्त स्व–इच्छा रक्तदान गर्न उत्साहित हुँदै उपस्थित हुने सबैप्रति हामी आभार व्यक्त गर्दै आगामी दिनहरुमा समुदायको हरेक गतिबिधिहरुमा यसैगरी साथ दिन अनुरोध छ ।

नेपाली संस्कृति सम्रक्षण, खेलकुद प्रबर्धन लगायतका काममा सरिक भएका उनीहरुले अस्ट्रेलियाका नेपालीहरुबीच आपसी सदभाव बढाउन साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटी नामक संस्थामार्फत आफ्ना गतिबिधि संचालन गरेका छन् ।

संस्थाले स्थानीय रेडक्रससँग सहकार्य गर्दै सिड्नीको न्यूसाउथ वेल्स राज्यको दक्षिण भेग साउदर्न हाईल्याण्ड जिल्ला स्थित रेडक्रस मोबाईल सेवा, १५२, मिट्टागँग रोड बोरलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।