कोहलपुर,बैशाख २८। ९ वर्षअघि बाँकेको कोहलपुरमा ५ करोड रुपैयाँको लगानी गरेको होटल सेन्टर प्लाजा पूर्णरुपमा सञ्चालनमा आएको छ ।
५५ करोडको लगानीमा निर्मित होटल सेन्टर प्लाजामा ८० कोठाको सुधिधा रहेको छ भने २२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
निर्माण सुरु भएको २५ महिनामा आंशिक सञ्चालनमा रहेको होटल सेन्टर प्लाजाले यही वैशाख २५ गतेबाट पूर्णरुपमा ८० कोठा, स्विमिङ्ग पुल, जिम स्पा, बार, रेष्टुरेन्ट, कन्फ्रेन्स र बेन्कुइटका सुविधासहित पूर्णरुपमा सञ्चालनमा आएको छ ।
९ वर्षअघि बाँकेको कोहलपुरमा ५ करोड रुपैयाँको लगानीमा होटल व्यवसाय थालेको होटल सेन्टरप्लाजा प्रालिले कोहलपुरकै मदनचोक नजिकै अर्को पाँचतारे स्तरको होटल सेन्टर प्लाजा सञ्चालनमा ल्याएको ।
सबै कोठा, रेष्टुरेन्ट, कन्फ्रेन्स हलमाउत्तिकै हावा र उज्यालो होस् भनेर होटलको भवन अक्टागनल डिजाइन अर्थात अष्टकोण शैलीमा बनाइएको छ ।
अक्टागनल शैलीमा बनेका होटलका भवनहरु नेपालमै बिरलै मात्र पाइन्छ । सीपमा चढेको महशुस हुने किसिमको क्रुजबार पनि होटलको
पश्चिम नेपाल आउने आन्तरिक र बाहृय पर्यटकलाई लक्षित गरेर पाँचतारे मापदण्डको होटल सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक देवानन्द अर्यालले बताए । ‘केही महिनाअघि आंशिक सञ्चालन गरिएको थियो । वैशाख २५ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।’ उनले भने ।