७ थान विस्कुटसहित दुई जनालाई पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २८, २०७५

काठमाडौं ,बैशाख २८। सुन जस्तो देखिने ७ केजी धातु देखाएर ८० लाख रुपैयाँमा विक्री गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले उनीहरुलाई ललितट सुपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित विकेएम खाजा घरबान जस्तो देखिन ७ थान विस्कुटसहित उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

पक्राउ पर्नेमा रामेछापको दुरागाउँ–८ घर भइ हाल ललितपुरको हात्तिवन बस्दै आएका ३५ वर्षीय दिपेन्द्र बराइली र सिन्धुपाल्चोकको फुलपिङ–३ घर भइ हाल ललितपुर बस्दै आएका २७ वर्षीय रमेश बैजु छन् ।

थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।