Santosh Rana Kshetri
काठमाडौ मनपामा निर्वाचित भएको ठ्याक्कै एक बर्ष पश्चात् विद्यासुन्दर मेयर सा’बले भोलि राष्ट्रिय सभागृहबाट जनताले देख्ने/अनुभूत गर्ने गरी ऎतिहासिक कामको श्रीगणेश गर्दैहुनुहुन्छ, ‘मोदी अभिनन्दन’को नाउँमा ।
नेतृत्व तहबाटै इसारा नभैकन यो ‘अभुतपूर्व’ विचार उहाँमा स्वस्फूर्त फुर्यो भन्ने लाग्दैन ।
यसर्थ, मोदीजीको अभिनन्दनको आवश्यकता किन पर्यो ? नेपालीजनलाई के गुन लगाए बापत उहाँलाई अबिरमाला पहिर्याइदैछ ? हाम्रा आन्तरिक मामलामा हस्तक्षेप गरे बापत वा नाकाबन्दी लगाए बापत वा कालापानी र सुस्ता अतिक्रमण गरे बापत ? भ्रमणको विरोध होइन, अतिथि सत्कार आवश्यक छ । तर ‘अति सत्कार’ चाप्लुसी हो, पतनोन्मुख मनोदशा हो । समयमै सचेत होऔं ।




