नरेन्द्र मोदी २ दिने भ्रमणको लागि आज नेपाल आउदै

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २८, २०७५


जनकपुरधाम,बैशाख २८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने राजकिय भ्रमणको लागि आज नेपाल आउदैछ । जनकपुरका  नागरिकहरुले मोदीको अभिनन्दन गरिँदैछ ।

उनले जानकी मन्दिरमा पूजा गर्नेछन् । लगतै रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई सवा १२ बजे अभिनन्दन गर्दैछ ।

तर, रंगभूमि मैदानमा विहानैबाट सार्वसाधारणको भीड लागेको छ । गाउँगाउँबाट मानिसहरु आएका छन् । प्रदेश २ का सबै स्थानीय तहले पनि बसमा जनता ल्याएका छन् । यसले भीड नियन्त्रण गर्न निकै मुस्किल भएको छ ।

धनुषाको तारापट्टी सिर्सियाबाट आएका एक बृद्ध विहान ६ बजे नै लाइनमा भेटिए । उनले भने, मोदीलाई हेर्न आएको हुँ, भित्र जान सक्छु कि सक्दिँन थाहा छैन ।’

अभिनन्दन समारोहमा एक लाख मानिस उतार्ने प्रदेश २ को सरकारले घोषणा गरेको थियो ।
सर्वसाधारणहरु चार–पाँच बजेदेखि नै रंगभूमि मैदानभित्र प्रवेश गर्नका लागि लाइन बसेका थिए ।