विद्युत चुहावट भई आगलागीमा २० लाख बराबरको क्षेति

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २७, २०७५

उदयपुर,बैशाख २५। उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

मानवीय क्षति भने नभएको र अन्यत्र आगलागी हुन नदिन स्थानीय प्रहरी चौकी र जनताको सहभागितामा आगो नियन्त्रण गरिएको पनि प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मगरको घरमा आगलागी हुँदा दुईतले घरसहित अन्नपात, लत्ताकपडा, नगद तथा भाँडाकुडासहित घरका सम्पूर्ण वस्तु जलेर नष्ट हुँदा रु बीस लाख बराबरको क्षति भएको छ ।