महेश राईको हत्यारा १३ वर्षपछि पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २७, २०७५

काठमाडौ,बैशाख २७ । ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौंको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ ।

अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको हत्या गरेर फरार भएका थिए।

पक्राउ परेका राईलाई बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा बुझाइएको ब्यूरोले जनाएको छ।

१८ वर्षीय महेश राईलाई तीन जना साथीहरू मिलि हत्या गरेका थिए