भृकटीमण्डपमा पूँजी बजार प्रदर्शनी

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २६, २०७५

काडमाडौं, बैशाख २६। नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको २५ बर्ष पुगेको अवसरमा बुधबारदेखि काठमाडौको भृकटीमण्डपमा पहिलो पूँजीबजार प्रदर्शनी आयोजना गरेको छ ।

सो प्रदर्शनीमा धितोपत्र बजारसँग सम्बन्धित निकाय र कम्पनीहरुले स्टल राखेका छन् जसमार्फत उनीहरुले विभिन्न सेवामा छुट दिएका छन् । सेयर दलालहरुले निशुल्क हितग्राही खाता खोल्ने सुबिधा दिएका छन् भने बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो निक्षेप र कर्जा योजनाहरुका बारेमा जानकारी समेत उपलब्ध गराएका छन् ।

प्रदर्शनीको अबलोकनबाट कसरी सेयर बजारमा प्रबेश गर्ने लगायतका पूँजीबजारका विभिन्न पक्षहरुबारे जानकारी लिनसकिन्छ ।

प्रदर्शनी बुधबार र बिहीबार बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म चालु रहने जनाईएको छ ।