ठुला लगानी कम्पनीलाई पुँजी बजारमा आउन नैतिक रुपमा सुझाव

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २६, २०७५

काठमाडौं,बैशाख २६। अर्थमन्त्री खतिवडाले ठुला लगानी भएका कम्पनीलाई पुँजी बजारमा आउन पहिला नैतिक रुपमा सुझाव दिने बताएको छ ।

सेयर बजार घट्ने वित्तिकै सरकारलाई गाली गर्ने परिपाटी छोड्न उनले लगानीकर्तालाई सुझाएका छन् । बजारमा लगानी गर्दा नबुझि गर्ने, नाफा भयो भने चुप लागेर आफैले लिने र घाटा हुँदा सरकार पट्टी फर्कनु नहुने बताउँछन् । साथै नियामक निकायलाई बलियो रुपमा प्रस्तुत हुन पनि आग्रह गर्दै भने, ‘तपाईँहरु स्वस्च्छ र बलियो रुपमा प्रस्तुत हुनुस् सरकार सबै नियामकको साथमा छ ।’

मन्त्री खतिवडाले ठुला लगानी भएका कम्पनीलाई पुँजी बजारमा आउन पहिला नैतिक रुपमा सुझाव दिने बताए । सुझावले काम नगरे मौखिक रुपमा दिने र त्यतिले पनि भएन भने लिखित पत्राचार गरेर भएपनि पुँजी बजारमा आउन बाध्य बनाउने बताए ।

बुधबार पुँजी बजार एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सधै एउटै खालका कम्पनीमात्र पुँजी बजारमा देखिएको र कतिपय ठुला कम्पनी पुँजी बजारमा प्रवेश नगरेको भन्दै उनीहरुलाई पुँजी बजारमा आउन बाध्य पारिने बताए ।

उत्पादन तथा सेवासँग सम्बन्धित कम्पनीहरु अझै पुँजी बजारमा दर्र्ता नभएको भन्दै उनले अहिले पुँजी बजारमा एकै खालका कम्पनीमात्र आइरहेको बताए ।
‘ नेपालमा अरु व्यवसाय पनि छन् उनीहरु किन पुँजी बजारमा आइरहेका छैनन् उनले प्रश्न गरे ।

‘१ करोडको पुँजी भएको लघुवित्त कम्पनी पुँजी बजारमा छन् तर ५० करोड भन्दा बढी नाफा कमाउने कम्पनी अझै पुँजी बजारमा प्रवेश गरेका छैनन । एउटा मात्र क्षेत्रमा लगानी गरेर जोखिम विधिकरण हुदैन । यसकारण विभिन्न क्षेत्रका कम्पनीहरु पुँजी बजारमा आउनुपर्छ,’ उनले भने ।

यस्तै बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले लगानीकर्ताहरुमा अझै पनि बुझ्दै नबुझी सेयरमा लगानी गर्ने चलन रहेको बताए ।

यता नेपाल राष्ट्र बैंकका भर्गनर डा। चिरञ्जीवि नेपालले पुँजी बजार भविष्यको आधार भएको बताए । पुँजी बजार नभएको देशमा विकास सम्भव नभएकाले सबै लगानीकर्ताले पुँजी बजार जुवा घर हो भन्ने कुरालाई मनै देखि निकाल्नु पर्नेमा उनले जोड दिए ।