बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २६, २०७५

गौशला,बैशाख २६। १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी सम्सी गाउँपालिका–४ बाट एक जनालाई पक्राउ गरेको छ ।

स्थानीय १५ वर्षीया बालिकालाई बलात्कार गरेको सम्बन्धमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कठायतले बताए ।

पक्राउ परेका नुनियामाथि जबर्जस्तीकरणी मुद्दा चलाएको छ । उनलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई म्याद थप लिई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान कारबाही अगाडि बढाएको प्रहरी उपरीक्षक कडायतले बताए ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–४ का लक्ष्मेश्वर महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।