मोदीको भ्रमणका कारण एमाले र माआवादीबीच पार्टी एकीकरणमा ढिलाई

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २६, २०७५

भक्तपुर,बैशाख२६ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकीकरणमा ढिलाई भएको बताएकी छन् ।

सरकारले तोकिएकै समयमा बजेट ल्याईसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका हुने समेत बताइन् ।

र्को प्रसंगमा उनले अहिले नै सरकारका गतिविधिको समिक्षा गर्ने बेला नभइसकेको भन्दै सरकारले निर्वाचनको समयमा जनता माझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले यस्तो बताएकी हुन् । उनले भनिन् ‘मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाई हुने भयो ।’

उनले एकताका लागि आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले बिलय नभई सम्मानजनक ढंगल दुई पार्टी एकीकरण हुने पनि बताइन् ।