प्रधानमन्त्री नरेन्द्र मोदी २ दिन मुक्तिनाथ भ्रमण, सर्वसाधारण लाई जान रोक

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २५, २०७५

मुस्ताङ, बैशाख २४। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई ख्याल गर्दै जिल्ला सुरक्षा समितिले सर्वसाधारणलाई २ दिन मुक्तिनाथ जान रोक लगाउने भएको छ ।

उनले लोमान्थाङ, छोसेरदेखि तल्लो मुस्ताङको घाँसासम्मको एरियामा सुरक्षाकर्मीले कडा निगरानी गरिरहेको बताए । उनका अनुसार मोदी आउँदा मुक्तिनाथपरिसर बाहिर चारैतिर नेपाली सेनाले सुरक्षा प्रदान गर्ने छ ।

मुक्तिनाथको दोस्रो र पहिलो घेरामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने छन् । सिडिओ पौडेलले मोदी भ्रमणको तयारी स्वरुप मुक्तिनाथको आवश्यक मर्मत तथा सुधारका काम भइरहेको जानकारी दिए ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिशिर पौडेलको अध्यक्षतामा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सुरक्षाकर्मी र सरोकारवालाको सोमबार बसेको बैठकले वैशाख २८ र २९ गते २ दिनका लागि सर्वसाधारण तीर्थालुलाई मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

शाखा अधिकृत जितेन्द्र बलामीका अनुसार समितिले मनाङदेखि थ्रोरङ भन्ज्याङ हुदै मुक्तिनाथ र मुक्तिनाथदेखि मनाङ जाने पद मार्ग पनि २ दिनका लागि बन्द गर्ने निधो गरेको छ ।

उनले मुक्तिनाथको १ सय ८ धाराको सरसफाइ तथा रङरोगन लगाउने, भिआइपी कक्षको मर्मत तथा व्यवस्थापन, मुक्तिनाथमा भएका भौतिक संरचनाको मर्मत तथा सुधार,हेलिप्याड निर्माण, शौचालयको सरसफाइ तथा मर्मत सुधार र हेलिप्याडदेखि मन्दिरसम्म पुग्ने पैदल बाटोको मर्मत तथा सुधारका कामअघि बढिरहेको जानकारी दिए ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङले मोदीको मुक्तिनाथ भ्रमण मुस्ताङबासीका लागि अहोभाग्य भएको बताइन् । उनले मोदीको मुक्तिनाथ भ्रमणको स्वागतका लागि कुनै कन्जुस्याइँ गर्न नहुने उल्लेख गरिन् ।

मोदीको मुक्तिनाथ भ्रमणको तयारीस्वरुप गत साता भारतीय दूतावासको १ टोली मुस्ताङ आएको थियो । आइतबारमात्रै रक्षामन्त्री ईश्वर पोखरेल पनि मुस्ताङ आएर छिमेकी देशका प्रधानमन्त्रीको भ्रमणको तयारीबारे बुझेका छन् ।

उनले सैनिक उच्च शिखर शिक्षालयमा ३ घन्टा निर्देशन दिएर थिए । मोदीको सम्मान र स्वागतका लागि जिसस प्रमुख छिरिङ ल्हामो गुरुङको संयोजकत्वमा ११ सदस्यीय मूल समारोह समिति गठन भएको छ ।

मोदी मुक्तिनाथ भ्रमणको तिथि पक्का भएपछि जिल्लाका ३ वटै सुरक्षा निकायका प्रमुखको दिनहँुजसो बैठक बस्ने गरेको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई ख्याल गर्दै जिल्ला सुरक्षा समितिले सर्वसाधारणलाई २ दिन मुक्तिनाथ जान रोक लगाउने भएको छ ।

मुक्तिनाथको दोस्रो र पहिलो घेरामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने छन् । सिडिओ पौडेलले मोदी भ्रमणको तयारी स्वरुप मुक्तिनाथको आवश्यक मर्मत तथा सुधारका काम भइरहेको जानकारी दिए ।

मोदी भ्रमणका बेला जिल्लाका ४ वटा सांस्कृतिक झाँकी प्रदर्शन गरिने बताइएको छ । जसमा थाक सातसय, थाक पाँच गाउँ, बाह्र गाउँ र लोछोदिन समुदायको झाँकी देखाइनेछ ।

सोमबार नेपाली सेनाले मुक्तिनाथमा सरसफाइ गरेको छ । मुक्तिनाथ मन्दिर र वरपरको फोहोर सेनाले संकलन गरेर जलाएको जिल्ला अनुसन्धान प्रमुख महेश गुरुङले जानकारी दिए ।

मोदीको मुक्तिनाथ भ्रमण टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण हुनेभएको छ । राष्ट्रिय तथा भारतीय मिडिया मुस्ताङ आउने क्रममा रहेका प्रशासनले जनाएको छ । मुक्तिनाथमा करिब ५० टेलिभिजन राखेर प्रत्यक्ष प्रसारणको व्यवस्था गरिने भएको छ ।