काठमाडौं,बैशाख २५। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सुन तस्करीकाण्ड प्रहरीको साथले मात्रै सम्भव नभएको वताएका छन् ।
केसीले सुन तस्करीमा थप राजनीतिक व्यक्तिहरु पनि संलग्न हुनसक्ने बताएको छ ।
‘पारदर्शी तरिकाले अनुसन्धान सरकारले गर्ने हो भने कुन पदमा को कहाँ थिए कुन÷ कुन व्यक्ति हुँदा सुन भित्रिएको थियो । गम्भिर तरिकाले अनुसन्धान हुनुपर्छ । उनले भने । संलग्न सबैलाई कारवाहि गर्ने आँट सरकारमा हुनुपर्ने उनले बताए । अनुसन्धानको पाटो लामो हुनसक्ने बताउँदै केसीले राजनीतिक दलका नेता संलग्न भएको भेटिएपनि कारवाहि हुनुपर्ने वताए ।
फरक प्रंसगमा नेता केसीले प्रधानन्यायधीश नियुक्ति गर्न नसक्नु सरकारको अकमण्र्यता भएको वताए । स्वतन्त्र न्यायपालिका कायममुकायले ४५ दिनभन्दा बढि न्यायालय चलाउनु सरकारको गैर जिम्मेवारीपन भएको उनको भनाई थियो ।
‘पटक पटक गरि क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा सरकारी निकायमा प्रहरीलाई मात्रै संलग्नता देखाउनु अनुसन्धान प्रक्रिया फितलो हुनु हो’उनले भने । केसीले सुन तस्करीमा थप राजनीतिक व्यक्तिहरु पनि संलग्न हुनसक्ने बताए ।
हनिमुन पिरियड सकिन लागेको सरकारको गतिविधि सन्तोषप्रद नभएको केसीले बताए ।
ओली सरकारले आम जनताका लागि यस अवधिमा उल्लेखनिय काम गर्न नसकेको उनको भनाई थियो । ओली सरकारका गतिविधी शंकास्पद रहेको उनले आरोप लगाए ।
संस्था भन्दा व्यक्ति केन्द्रित भएपछि लोकतन्त्र चल्न नसक्ने उनले वताए । पद्धति,प्रक्रिया र मुल्यलाई वेवास्ता गर्दै प्रधानमन्त्रीले सरकारका अंगहरुलाई आफु केन्द्रित गर्नु सुखद संकेत नभएको उनले बताए ।