केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने

Avatar photo
Dhadingpost
बैशाख २५, २०७५

काठमाडौं,बैशाख २५। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने भएका छन् ।

सरकारले आर्थिक वर्ष २०७५–७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नीति तथा कार्यक्रमबारे सुझाव लिन पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीले अहिले बिहान १० बजे बैठक राखेको जानकारी दिए ।

नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा छ । आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागिरहेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग मंगलबार परामर्श गर्न लागेको हो ।