जिल्ला प्रहरी कार्यालय अगाडि ३५ लाख बराबरको मोबाइल सेट चोरी

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २४, २०७५

बुटवल,बैशाख २४। जिल्ला प्रहरी कार्यालय भैरहवाको सामुन्ने प्रहरीटोलस्थित विशाल मोबाइल पसलमा सोमबार बिहान करिब ३५ लाख रुपैयाँ बराबरको मोबाइल सेट चोरी भएको छ ।

बिहान ३ बजेतिर प्रहरी कार्यालय अगाडि नै पसलको सटर तोडेर चोरी भएपछि व्यवसायीक संघसंस्थाले व्यवसायिक सुरक्षामा जिल्ला प्रहरीले बेवास्ता गरेको भन्दै रोष प्रकट गरेका छन् ।

उनले नगरपालिकाले चोरी लगायतका गतिविधि नियन्त्रण गर्न भन्दै नगर प्रहरी भर्ना गरेपनि काम प्रभावकारी नभएको औंल्याए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपानेले चोरीका घटनामा संलग्नलाई पक्राउ नगर्दा भैरहवामा व्यवसायीले असुरक्षा महसुस गर्नुपरेको बताए ।

दुई हप्ताअघि भैरहवाकै लुम्बिनी रोडमा पनि मोबाइल पसलसहित आधा दर्जन पसलमा चोरी भएको थियो ।

उक्त चोरीमा संलग्नहरु समेत पक्राउ नपरेकाले चोरीका घटना बढ्दै गएको उद्योग ब्यापार संगठन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष गिरिश त्रिपाठी बताउँछन् । ‘प्रहरीको ध्यान ठूला अपराधी पक्राउ गर्नेतिर मात्र गयो, व्यवसायिक सुरक्षातिर गएन’–त्रिपाठीले प्रश्न गर्दै भने–‘जिल्ला प्रहरी कार्यालयकै सामुन्ने बिहान भएपछि यति ठूलो चोरी हुन थालेपछि कसरी सुरक्षाको महसुस गर्ने ।

दश दिन अगाडि मात्र उद्घाटन भएको मोबाइलको थोक पसलबाट कार्बन, किबि, केचोरो, सामसुङ लगायतका विभिन्न कम्पनीका करिब ३५ लाख मूल्य बरारबको मोबाइल सेट चोरी भएको पसलका संचालक अर्जुन गुप्ताले बताए ।