काठमाडौं,बैशाख २४। अध्यक्ष दाहालले पार्टी एकतालाई टुंगोमा पु-याउँने विषयमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको पनि जनाएका छ ।
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने पार्टी एकता संयोजन समिति बैठकबाट एमालेसँगको पार्टी एकतालाई टुंगोमा पुयाउँने बताएका छन् ।
सोमबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई टुंगोमा केही दिनभित्र संयोजन समिति बैठक बस्ने जानकारी दिएका हुन् ।
भोलि विहान बस्ने संसदीय दलको बैठकमा अध्यक्ष दाहालले बजेट तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीका सांसद र सरकारमा सहभागी भएका मन्त्रीहरुलाई आवश्यक निर्देशन दिने कार्यसूचि तय गरिएको पनि पार्टीका प्रमुख सचेतक गुरुङले जानकारी दिए ।
केही दिन भित्रै बस्ने संयोजन समिति बैठकले पार्टी एकतालाई टुंगोमा पु-याउँने धारणा अध्यक्ष दाहालले बैठकमा राखेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।
बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको पनि बताएका थिए ।
बैठकमा सांसदहरुले पार्टीको घोषणा पत्र अनुसार बजेट निर्माण गर्न ध्यान दिन पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको गम्भिर ध्यानकर्षण गराएका थिए । बजेट निर्माणका लागि आवश्यक रचनात्मक सुझाव दिन पनि बैठक बोलाइएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ ।
बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो । संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँडका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको प्रमुख सचेतक गुरुङले बताए ।