सुतिरहेका युवकमाथि एसिड प्रहार

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २४, २०७५

चितवन,बैशाख २४। युवकले युवतीलाई एसिड प्रहार गरेको देख्दै र सुन्दै आएको भए पनि चितवनमा भने एक युवकले अर्का एक युवकमाथि एसिड प्रहार गरेका छन् ।

गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन् । घाइते महर्जनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका छन् ।

एसिड प्रहार गर्ने सुजित प्रहरीको नियन्त्रणमा छन् ।