धादिङमा २०० औं कार्ल माक्र्स जयन्ती मनाईयो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २२, २०७५

धादिङ बैशाख २२ । सबै कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा गोलबन्द गर्ने लक्ष्यका साथ एमाले र माओवादी केन्द्र बीच पार्टी एकता हुनलागेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेले बताएका छन् ।

काल माक्र्सको २०० औं जन्म जयन्तीको अवसरमा धादिङबेसीमा भएको एक कार्यक्रममा बोल्दै नेता पौडेलले एमाले र माओवादी केन्द्र बीचको एकताले समाजवादको ढोका खुल्ने समेत बताएका थिए ।

माक्सवादी अध्ययन प्रतिष्ठान धादिङले आयोजना गरेको आजको सन्दर्भमा माक्सवाद भन्ने अन्तरकृयात्मक कार्यक्रममा अर्का अतिथि नेकपा एमालेका नेता बेदुराम भुषालले कार्ल माक्सले शोषण दमन उत्पिडनको नभइ सिङ्गो मानव समाजको मुक्तिको निमित्त लडेको स्मरण गराएका थिए ।

उनले माक्र्सवादले समाज विज्ञानका इतिहास अर्थशास्त्र, राजनीति लगायत सबै क्षेत्रहरुमा प्रभाव पारेको धारणा व्यक्त गरे ।
कार्यक्रममा एमाले नेता तथा प्रदेश सदस्य गुरु बुर्लाकोटी, डा. रामकुमार अधिकारी, माओवादी केन्द्र नेताद्वय विष्णुपुकार श्रेष्ठ र रामबहादुर भण्डारीले कार्ल माक्र्सको स्मरण गरेका थिए ।

माक्र्सवाद अध्ययन प्रतिष्ठान धादिङको संस्थाका अध्यक्ष सीताराम कोइरालाको अध्यक्षता रहेको प्रशिक्षण कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका संयोजक जगन्नाथ नेपाल, नेकपा माओवादी केन्द्र धादिङका उपाध्यक्ष राम बहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समिति धादिङको सभाहलमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।