धादिङ बैशाख २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले धादिङको जनजिवन प्रभावित बनेको छ ।
शुक्रबार यातायात व्यवसायीको आन्दोलनमा यातायात संचालन भएका यातयातका साधनहरु पनि शनिबारको बन्दमा चलाइएन ।
यात्रु वहाक गाडीहरु नचल्दा यात्रुहरुलाई मर्का परेका थिए । शुक्रबार विभिन्न ठाउँमा मशाल जुलुस गरेका धादिङका विप्लव कार्यकर्ताहरुले शनिबार बिहानै सिद्धलेक गाउँपालिका कालिदह मन्दिर नजिकै मिलडाँडामा वम राखेका थिए ।
जिल्लाका विभिन्न ठाउँहरु गजुरी कालिका मन्दिर नजिकै सोती खोला पुल, दिउँसो १ बजे कालिदहबाट १०० मिटर अगाडी सिक्रे खोलामा बेलुका ४ बजे राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
यस्तै बन्द कर्ताहरुले बन्द उल्लङ्गत गरेको भनदै बेल्खुमा दुईबाट ट्रक र एक बसमा तोडफोड गरेका थिए ।
आफ्ना नेता तथा कार्यकर्ताको गिरफ्तारीको विरोधमा बन्दको गरिएको र बन्दबाट सर्वसाधरणमा पर्न गएको असर प्रति नेकपा धादिङका नेता बुद्ध गुरुङले धादिङपोष्ट सँग दुख व्यक्त गरे ।