दीपकराज गिरीले ७९ लाख मूल्यमा हेक्जा कार खरिद

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २१, २०७५

काठमाडौं,वैशाख २१। चर्चित हास्यकलाकार दीपकराज गिरी पहिले स्वीफ्ट डिजायर चढ्ने गर्थे अहिले उनले आफ्नो सवारीसाधन फेरेका छन् । उनले ७९ लाख मूल्यमा हेक्जा कार खरिद गरेको छ ।

तितो सत्यबाट चर्चित बनेका हास्यकलाकार गिरी पछिल्लो समय चलचित्र निर्माणमा व्यस्त छन् । उनको समूहले निर्माण गरेका पछिल्ला फिल्म छक्का पञ्जा र छक्का पञ्जा २ ले व्यापारको कीर्तिमान कायम गरेका थिए । अहिले उनी छक्का पञ्जा ३ को तयारीमा छन् ।

यसअघि उनी स्वीफ्ट डिजायर चढ्ने गर्थे, जुन ३१ लाख मूल्यको थियो । त्यो पुरानो भएकाले नयाँ कार किनेको दीपकले बताए ।