पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारको साथमा त्रिसरा रेस्टुरेन्टमा

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २१, २०७५

काठमाडौं,बैशाख २१। पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार बिहीबार बेलुकी दरबारमार्गमा रहेको त्रिसरा रेस्टुरेन्टमा पुगेर जमघट गरेका छ ।

पूर्वराजपरिवारका ३५ जना सदस्यहरुले त्यहाँ करिब ३ घन्टा रमाइलो माहोलमा बिताए ।

सो ग्यादरिङमा पूर्वराजाकी जेठी नातिनी पूर्णिका भने अनुपस्थित थिइन् । उनी अहिले बैंककमा छिन् । पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । सबैले नेपाली खाना खाएका थिए । डिनरपछि उनीहरुले ड्रिंक्स पनि लिए । कुनै विशेष सेलिब्रेसन भने थिएन ।

डिनरपछि फोटोसेसन पनि भयो । हिमानी छोराछोरीलाई लिएर आधा घन्टा चाँडो विदा मागेर हिँडेकी थिइन् ।

लामो समयदेखि चिसो सम्बन्धबाट गुज्रिरहेका पारस र हिमानीबीच पनि उक्त डिनरमा राम्रो सौहार्दता देखिएको रेस्टुरेन्ट स्रोतको दावी छ । ‘उहाँहरु दुईजनासँगै त बस्नुभएको थिएन, तर भलाकुसारी भइरहेको थियो,’ स्रोतले भन्यो, ‘पारस छोराछोरीसँग बढी रमाउनुभएको थियो ।’