धादिङ बैशाख २१ । धादिङबेसीबाट चल्ने ग्रमिणि यातायातको बसहरु बन्दको हल्ला भए पनि नियमित प्रक्रिया अनुसार चलि रहेको छ ।
सरकारको यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात गरेपनि धादिङको ग्रामिण यातायतले यातायात सेवा बन्द गरेको छैन ।
धादिङबेसी बाट १२ वटा बसहरु काठमाडौ तर्फ गहि सकेको र काठमाडौबाट त्यति नै संख्यामा बसहरु धादिङबेसी आउने क्रम जारी रहेको ग्रामिण यातायात सहकारी संस्थाका बद्री सुवेदीले बताए ।
सरकारको निर्णयमा हाम्रा पनि केहि विमतिहरु छन् तर यातायात नै बन्द गराएर हाम्रा माग पुरा हुने पक्षमा हामी छैनौ । त्यसैले सर्वासाधरणलाई मर्कापर्ने काम गर्दैनौं त्यसैले यातायात बन्द गरेनौ उनलले भने ।
यस्तै धादिङबेसीबाट चल्ले धादिङ यातायत व्यवसायी संघ अन्तरगतका बसहरु भने चलेका छैनन् ।