कृष्ण पौडेल
मेड्रीड, स्पेन बैशाख २१ । मेड्रीड स्थित नेपाली दुताबास स्पेनले सेवा दिन थाले पछि स्पेनमा रहेका नेपालीहरु हर्षित भएका छन् ।
नेपाली दुताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरे सँगै उनहिरु हर्षित बनेका हुन् ।
मेड्रीडमा नेपाली दुताबासले आफ्ना कर्मचारी बाहेक कागज बिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको थियो ।
नेपाली दुताबास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुने बताईएको छ ।