बजेट कस्तो र कुन आकारको हुनपर्छ ?

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २०, २०७५

काठमाडौ बैशाख २० । अर्थशास्त्रीहरूले स्रोतको पहिचान नगरी बजेटको आकार बढाउन नहुने तर्क गरेका छन् । अर्थविदहरूले खर्चको आवश्यकता र राजस्व उठाउने क्षमता हेरेर बजेट निर्माण गर्न सुझाएका छ ।

अर्का अर्थविद डा.शंकर शर्मा बजेटको आकार अहिलेको भन्दा ठूलो हुन नहुने बताउँछन् । बजेटको आकार मात्र बढाएर आर्थिक समृद्धि हँुदैन । स्रोतले धान्न सक्ने बजेट ल्याउनुपर्छ, उनले भने । राजस्व बाँडफाँडबाट उठ्ने रकमको ठूलो हिस्सा स्थानीय र प्रदेश तहमा जाने भएकाले बजेटको आकार बढाउन नहुने उनको भनाइ छ ।

अर्थशास्त्री प्रा.डा. डिल्लीराज खनाल पनि बजेटको सिलिङभन्दा पनि तिनै तहको दायित्व र खर्चको विषयमा स्पष्ट भएर बजेट निर्माण गर्नुपर्ने बताउँछन् । अबको बजेट प्रणालीमा नयाँ रूपान्तरणको आवश्यकता रहेको उनको तर्क छ ।

अर्थमन्त्रालयका प्रवक्ता किशोरजङ्ग कार्कीले समृद्ध नेपाल र सुखी नेपालीको भावलाई आत्मसात गर्दै बजेट निर्माण भइरहेको जनाएका छन् । अर्थमन्त्रालयले अहिले मन्त्रालयगत छलफलाई तीव्र बनाएको उनले भने ।

संसदमा बजेट पेश हुन अब एक महिनाभन्दा कम समय छ । जेठ १५ गते संसरदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्रालयले बजेटको छलफललाई तीव्र बनाएको छ । देशमा अहिले ७६१ वटा सरकार छ, यसकारण पनि आगामी आर्थिक वर्षको बजेटलाई विशेष चासोका साथ हेरिएको छ ।

केही समयअघि राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको ९२०७५-७६० बजेटका लागि १२ खर्ब ४ अर्ब रुपियाँको सिलिङ अर्थमन्त्रालयलाई पठाइसकेको छ । सोही सिलिङभित्र रहेर अर्थमन्त्रालयले बजेट निर्माण गर्नुपर्ने हुन्छ । यद्यपि सिलिङभन्दा बाहिर गएर पटक पटक बजेट ल्याउने गरिएको छ । चालु आर्थिक वर्षको (२०७४/७५) लागि १२ खर्ब ७८ अर्ब रुपियाँको बजेट ल्याइएको थियो । तर पछि २ खर्बको स्रोत नभेटिएको भन्दै बजेटको आकार घटाइएको हो ।