धादिङ बैशाख २० । धादिङबेसी सदरमुकाम स्थित सिभिल बैक रहेको घरमा सटर पेटीमा केहि बृद्ध बृद्धाहरु बसि रहेका देखिन्थ्ये ।
धादिङबेसी सदरमुकाम र आसपास बुधबारदेखि पानी परि रहेको छ, झरिमा रुझ्दै आएको बाबु आज पनि भत्ता पाइने होकि नपाईने हो हिजो (बुधबार) दिनभर बस्दा पनि पालो आएन । सिभिल बैक मा भत्ताको लागि पालो कुरेर बसेका नीलकण्ठ ११ धमला ज्यामरुङका ८० वर्षिय श्यामबहादुर गुरुङले वर्डा मै बृद्धाभत्ता बुझ्न पाको भए सजिलो हुन्थो गुनासो गरे ।
चुनावमा बृद्धा भत्ता घर घर मै ल्याउँछु भन्थ्ये घर घरमा नल्याइदिए पनि वर्डा कार्यायबाट दिएपनि हामीलाई सजिलो हुन्थ्यो नीलकण्ठ १ खाल्टेबाट बृद्धा भत्ता लिन आएकी ८० वर्षिय डम्बर कुमारी बताउँछिन् ।
बैंकमा भिड छ बस्ने ठाउँपनि छैन नगरपालिका भरिका सबै जम्मा हुँदा गारो भयो भत्ता लिन आफ्नो पानीली भिजेको फरिया फड्कार्दै ७० वर्षिया पूर्णमायाँ गुरुङ ।
सरकारले बृद्धा भत्ता वर्डाबाटै र भुकम्प पिडितका आवास निमार्ण राहतको रकम पालिका बाट वितरण गर्न नसक्दा सास्ती भोग्नु परेको छ । जन निर्वाचित प्रतिनीधिहरुले पनि परिणाम मुखि काम गर्न सकि रहेका छैनन् भने नीतिगत रुपमा पनि महिला, अपाङग, बृद्ध बृद्धाहरुलाई सम्बोधन हुने योजना पनि ल्याएको देखिँदैन ।