काठमाडौं, वैशाख २०। घाँटीमा सुनको सिक्री लगाएर राजधानीका शपिङ सेन्टर र चोक–गल्लीहरुमा निस्कने महिलाहरुलाई छक्याएर सिक्री लुटपाटमा संलग्न यासिफ शेखलाई प्रहरीले पक्राउ गरेको छ ।
गर्मी मौसम शुरु भएपछि ज्याकेट नलगाउने र त्यस्तो अवस्थामा सिक्री लुट्न सजिलो हुने भन्दै यासिफले स्कुटर चढेर पैदल यात्री महिलाहरुको सिक्री लुटपाट गर्दै आएका थिए । शेखले गत आइतबार उदयपुरको कटारी नगरपलिका–३ स्थायी घर भएकी पुरानो बानेश्वर बस्ने यमुना राईको घाँटीमा लगाएको सुनको लकेट सहितका साढे १ तोला सिक्री लुटेको बताइएको छ ।
महाशाखाले शेखलाई उनले चोरी गरेको सिक्री र स्कुटर सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी प्रहरी परिसर काठमाडौंमा पठाएको छ । रौतहटको झुनखुनवा गाविस–६ स्थायी घर भएका शेख मैतिदेवी बस्दै आएका थिए ।
‘पक्राउ परेका शेखले राजधानीका चार स्थानबाट सिक्री लुटेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ’ एसएसपी सिंहले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’