माफ गर है सानु चर्चामा

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २०, २०७५

धादिङ बैशाख २० । यतिखेर नेपाली साङ्गितक क्षेत्रमा माफ गर है सानु चर्चामा छ ।

धादिङ ज्वालामुखि गाउँपालिका मैदीका प्रदिप अधिकारीको लय शब्द, रहेको माफ गर है सानुमा बिमल अधिकारी र सारीका के सीले मोडिलिङ गरे सँगै चर्चामा आएको हो ।

चर्चित गायिका विष्णु माझि र सुदिप कार्कीको आवज रहेका यस माफ गर है सानु मा चर्चित मोडल सारिका केसी र निकै व्यस्त मोडल विमल अधिकारीको मुख्य अभिनय रहेको छ ।

भावना म्युजिक सोलुसनले वजारमा यस म्युजिक भिडियोलाई निकै लोकप्रिय निर्देशक कपिल लामाले निर्देशन गरेका छन् ।

सार्वजनिक भएको एक साता नवित्दै १ ला भन्दा बढी भिउज पाएको यस म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाउनेमा लय तथा शब्द संकलक प्रदिप अधिकारीे विश्वस्त रहेका छन ।

हेर्नुहोस भिडियो