धादिङ तीन शिक्षक संगठनद्वारा स्थानिय तहले पञ्चायती शैली अपनाएको आरोप

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १९, २०७५

धादिङ बैशाख १९ । धादिङका तीन ठुला संगठनहरु एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले धादिङका स्थानीय तह (नगरपालिका र गाउँपालिका) ले शिक्षामा पञ्चायती शैलि अपनाएको आरोप लगाएका छन् ।

ठुला तीन संगठनका जिल्ला अध्यक्षहरु खिल बहादुर धमला, ठान प्रसाद बसौला, विष्णु प्रसाद अधिकारीको हस्ताक्षरित विज्ञप्ती मार्फत धादिङका पालिकाहरुले नेपालको संविधान ०७२ को धारा २१४–१ को खिलाप गर्दै पञ्चाउती शैली अपनाएको आरोप लगाएका हुन् ।

उनीहरुले विज्ञप्ती मार्फतस्थानीय स्वायत्त शासन ऐन २०७४ ले दिशा निर्दिष्ट गरेका कार्यविधि भन्दा बाहिर गएर शैक्षिक गणस्तर बृद्धि गर्ने नाममा पञ्चायती शैली अपनाएको भन्दै आप्पती प्रकट समेत गरेका छन् ।

विज्ञप्ती जस्ताको तस्तै