ललितपुर, बैशाख १९ । गोदावरी नगरपालिका उपप्रमुख श्रीमती मुना अधिकारी कुट्ने श्रीमान् र ध्रुब कुमार कुँवर भन्छन् श्रीमतीको व्यवहार सँहनै सकिन ।
कुटेको अभियोगमा प्रहरी थुनामा रहेका ध्रुब कुमार कुंवर आफु श्रीमती पिडित भएको बताउँदै आफू श्रीमतीबाट विगत ७ महिनादेखि पिडित भएको उनले बताए ।
मङगलबार राती श्रीमती मुना अधिकारीलाई कुटपिट गरे पछि तत्काल प्रहरीबाट पक्राउ परेका कुँवरलाई महानगरिय प्रहरी वृत्त सातदोबाटोबाट महानगरिय प्रहरी परिषद् जाउलाखेलमा राखिएको छ ।
प्रहरीको हिरासत मै भट्न पुगेका पत्रकार सँग कुराकानी गर्दै आफू श्रीमतीबाट विगत ७ महिनादेखि पिडित भएको उनले बताए ।
बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म श्रीमतीको कहाँ जाने कुनै खबर हुँदैन, खाना बनाएर कुर्दा कुर्दा कहिले काहीँ त त्यसै हुन्थ्यो पछि कल गर्दा कहिले कहाँ पुग्या, कहिले कहाँ गको मात्रै सुनिन्थ्यो ।
बिबाह गएको २७ वर्षमा कहिल्यै हात उठाउनु परेको थिएन तर मलाई नै बेवास्ता गर्ने, घरको वास्तै नगरेपछि आवेग नियन्त्रण गर्न सकिन र ३ थप्पा लगाएको कुँवरले स्वीकार गरे । पिट्नु मेरो गम्भीर गल्ती हो तर सहनै सकिन आवेशमा आएँ ।
सबैले श्रीमती कुटेको देखे तर त्यही श्रीमतीले श्रीमानलाई महिनौदेखि पीडा दिएको कसैले देखेन उनले गुनासो गरे ।