६० सेकेन्डमा रोबोट स्पोर्टस् कारमा परिणत

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०७५

एजेन्सी । जापानमा हालै एउटा यस्तो अत्याधुनिक रोबोट तयार गरिएको छ जो मात्र ६० सेकेण्डमा कारमा परिणत हुन्छ ।

यो रोबोट साढे ३ मिटर अर्थात् १२ फिट लामो छ । यसको नाम जे डाइट हाफ हो । कारको रुपमा चाहीँ यो ४ मिटर अर्थात् १३ फिट लामो हुन्छ ।

यो रोबोट मान्छे जस्तै हिड्न सक्दछ भने कारमा बदलिएको बेला ६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्दछ । कार दुई सिटर हुन्छ ।

रोबोटको रुपमा चाहीँ यो प्रतिघण्टा १ सय मिटर मात्र हिड्न सक्दछ ।

हलिउड फिल्म ट्रान्सर्फमरमा देखाइएका जस्तै रोबोट जापानी वैज्ञानिकहरुले यथार्थमा निर्माण गरेका छन् ।

जापानमा बनेको यो रोबोट ६० सेकेण्डमै मानव स्वरुपबाट स्पोर्टस् कार र पुनः मानव स्वरुपमा आउन सक्दछ ।

यस रोबोटको निर्माण जापानी इन्जिनियर तथा ब्रेभ रोबोटिक्सका सिइओ केनजी इशिडाको अगुवाइमा भएको हो । उनी आफैपनि एनिमेसन फिल्ममा शौखिन हुन् ।

रोबोटको रुपमा चाहीँ यो प्रतिघण्टा १ सय मिटर मात्र हिड्न सक्दछ ।

राजधानी टोकियोमा आयोजित एक समारोहमा यो रोबोटको प्रदर्शनी गरिएको हो ।