जनकपुरधाम,वैशाख १८। गृहमन्त्री र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ ।
गृहमन्त्री थापाले प्रधानमन्त्री मोदीले जनकपुरधामपछि र मुक्तिनाथको पनि भ्रमण गर्ने बताउनुभयो । मन्त्री थापाले मोदीको भ्रमणको बेला प्रधानमन्त्री केपी ओली समेत जनकपुरधाम आउने जानकारी दिनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको मंगलबार स्थलगत निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले त्यस्तो जानकारी दिनुभएको हो ।