देवकोटालाई नेपाल ल्याउन सहयोगको याचना

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १६, २०७५

बेल्जियम बैशाख १६ । केहि महिना अघि नेपालबाट बेल्जियम पुगेका सुमन देवकोटालाई नेपाल फर्काउन सहयोगको याचना गरिएको छ ।

बेल्जियममा गम्भीर विरामी परेका देवकोटाको स्वास्थ्य उपचारका लागि एनआरएन बेल्जियम अध्यक्ष लोक दाहाल, देवराज पौडेल र समाजसेवी डा लुक बुकुरको नेतृत्व सहयोगमा अस्पताल भर्ना गरि गरिएको थियो ।

देवकोटाको स्वस्थ्यमा सुधार आए सँगै चिकित्सकको सल्लाहमा स्वदेश फर्कन चाहान्छन् । रोजगारी स्वर्णिम उदेश्य बोकेर लाखौं रुपयाँ दलाललाई सुम्पेर युरोप पुगेका देवकोटा रोजगारी त पाएनन् स्वास्थ्यमा पनि गम्भीर समस्या देखियो ।

अध्यक्ष लोक दाहाल, देवराज पौडेल र समाजसेवी डा लुक बुकुरले अतुलनिय सहयोग गर्नुभयो र स्वास्थ्यमा सुधार आयो । घरमा आमा मात्र हुनु हुन्छ कति खेर नेपाल पुगुम जस्तो भएको छ देवकोटालाई उदृढ गर्दै सहयोगको याचना गरेको एनआरएन बेल्जियम प्रवक्ता दीपेन्द्र के.सी. ले जानकारी दिए ।

घरमा एकल आमा मात्रै रहनु भएको, यता आउँदाको खर्च समेतका कारण आर्थिक अवस्था असहज रहेको उहाँको अवस्थालाई ख्याल गर्दै उहाँलाई लिएर स्वयँ अध्यक्ष दाहाल (आफनै खर्चमा) जानुहुने र एकजना डाक्टर पनि साथै जानु पर्ने भएकोले देवकोटा र डाक्टरको लागि (न्यूनतम) जना डाक्टरको दुईतर्फी, देवकोटाको एकतफी हवाई टिकट र यात्रा खर्चको लागि आर्थिक खर्च सँकलनको लागि बेल्जियम स्थित समस्त नेपाली दाजुभाई दिदीबहिनीहरु, सँघसंस्था सवैमा यथासक्य आर्थिक सहयोग गर्न एनआरएन बेल्जियमका प्रवक्ता के.सी. ले आग्रह गरेका छन् ।

उनले सहयोगको लागि आग्रह गर्दै भनेका छन् उहाँको अवस्थालाई मध्यनजर गर्दै आउदो मे महिनाको पहिलो हप्ता नेपाल लैजाने योजना रहेकोले यथाशीघ्र सहयोगको पहल गरिदिनुहुन पनि अनुरोध छ ।

सहयोग हस्तान्तरणका लागि एन्तोर्पेनमा अध्यक्ष दाहाल, ब्रुज बरिष्ठ उपाध्यक्ष कमल पन्थी, ब्रसेल्स सहकोषाध्यक्ष इश्वरा शर्मा, ओस्टण्डे क्षेत्रीय सँयोजक रुपा शाक्य र लुभेनमा उपाध्यक्ष खडक केसी र महासचिव आड।मायालाई सम्पर्क गर्नुहुन अनुरोध छ ।