धादिङका कला र गलाका धनी अवनिश गिरी भोटको प्रतिक्षामा

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १५, २०७५

धादिङ बैशाख १५ । धादिङका स्वरका धनी कक्षा नौं मा अध्ययनरत अवनिश गिरी तपाई हाम्रो भोटको प्रतिक्षामा छन् ।

हिमालय टेलिभिजनबाट प्रत्येक सोमबार बेलुकी ८ः१० बजे प्रसारण हुने लैबरी सिङिगङ स्टार को फाइनल प्रवेश गरि सकेका अवनिश गिरीलाई अब विजय हुन तपाई हाम्रो भोटको प्रतिक्षामा रहेका हुन् ।

धादिङको गहना, स्वरका धनी अवनिश गिरीलाई बैशाख १९ गते बेलुका ९ बजे सम्म भोट गर्न पाइने छ ।

भोटिङ गर्नको लागि
मोबाइलको Message Box मा गई LAIBARI स्पेश N टाईप गरी टाईप गरी 35225 मा Send गर्नु पर्ने छ ।

तपाई हाम्रो एक भोट अवनिश गिरीको विजयी यात्राको लागी भर्याङ बन्ने छ, हामी कला र गलाको सम्मानका खातिरका लागि भोट माग्दै छौ, अवनिश गिरी पढ्ने विद्यलयका शिक्षक भमबहादुर श्रेष्ठ बताए ।