धादिङ थाक्रे बैशाख १५ । धादिङको थाक्रे गाउँपालिका स्थित महादेवबेसीमा प्रथम महादेबेसी राजमार्ग मिनि महोत्सब सुरु भएको छ ।
धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठीले शुक्रबार एक भव्य कार्यक्रमका बीच उद्घाटन गरे सँगै महोत्सव सुरुभएको हो ।
महोत्सवमा विभिन्न जातजातिका झाँकी, थाक्रे र यस आसपासका नगर तथा गाउँपालिकालाई चिनाउने औद्योगिक वस्तुहरुको प्रदर्शनी, बाल मेला, विभिन्न मनोरञ्जनका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महादेबबेसी बजारको महेशखोला किनारमा हुने मेलामा कलाकारहरु प्रमोद खरेल, बद्री पंगेनी , शोभा त्रिपाठी, सुनिल गिरी, हेमन्त शर्मा, रामजी खाँण, प्रिती आले, सहिमा श्रेष्ठ, रमेशराज भट्टराई, बविता वाँनियाँ (जेरी),ढाकाराम पौडेल, उत्सव सुब्बा लामा, रजनी लामा, यशोदा विडारी, दुर्गा विडारी, मनोज थापा, मुना लामा, सबिन लामा लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीको साथमा हाँस्यकलाकारहरुको सहभागिता रहने छ ।
महोत्सव बैशाख २४ गते सम्म हुने छ । तस्वीरः राजाराम डङ्गोल