सरस्वती खाँण ठकुरी
धादिङ बैशाख १५ । नेपालमा सामाजिक अभियान्तको नाममा परिचित धादिङ बुढाथुमका लोक दाहाल उदाहरणिय काम लिएर नेपाल आउने भएका छन् ।
नेपालका विकट कर्णालीका राउटे बस्ती देखि हिमाल पहाड तराईका हरेक वस्तीहरुका सामाजिक अभियन्ताको रुमा परिचित एनआरएनए बेल्जियमका अध्यक्ष समेत रहेका दाहालले यो पटक पनि उल्लेख गर्न लायक केहि महत्वपूर्ण योजनाका साथ नेपाल आउने अन्तिम तयारी गरेका हुन् ।
केहि महिना पहिला करीब १७ लाख दलाललाई बुझाएर फ़्रान्सको स्टुडेन्ट भीसा लगाएर युरोपमा पुगेका एक युवा चरम मानसिक तनावमा ४ महिना अगाडी बेल्जियममा आफन्त खोज्दै पुगे ।
बेल्जियम पुगेको केहि दिनमा नै ति युवाले मानसिक सन्तुलन गुमाए, बेल्जियमको कानुन अनुसार कोही पनि अवैधानिक रुपमा बसेकोलाई उपचार गर्न मिल्दैन, ति युवाका आफन्त भौतारिँदै एनआरएन बेल्जियमका अध्यक्ष समेत रहेका सामाजिक अभियान्ता दाहालको सम्पर्कमा पुगे ।
दाहालको अथक प्रयासमा मानसिक सन्तुलन गुमाएको ति युवाको उपचार त हुने भयो तर दैनिक ४५० युरो लाग्ने सर्तमा । रकम जुटाउन नेपाली समुदायलाई सम्भव नदेखेर दाहालले नेपाल र नेपालीलाई अती माया गर्ने डा. लुक बुकुरलाई भेटे, डा. लुक बुकुरको सहयोगमा करीव ४ महिना उपचार गराएर युवालाई परिवारमा बुझाउने र साथमा नयाँ केहि काम लिएर दाहाल र तिनै सहयोगी डा. लुक बुकुर बैशाख २४ गते नेपाल आउने भएका हुन् ।
स्वाथ्य र शिक्षामा क्षेत्रमा उल्लेख्य काम गर्दै आएका दाहालले यो पटक नेपाल आउँदा धादिङको बुढाथुम बद्री विशाल मावि समेत जाने तय गरेका छन् । उनको लाखौं सहयोगमा बनेको उक्त विद्यालय भवन अवलोकन र अन्य थप सहयोग गर्ने सोचमा रहेको बताइन्छ ।
नेपाल आउने कुरालाई समर्थन गर्दै दाहाल धादिङपोष्ट सँग भन्दछन्– नेपालमा सामाजिक काम गर्न पाउँदा गर्व लाग्छ, गरिव दिन दुखि र असाह्यहरुको क्षेत्रमा हामीले सहयोग गर्दै छौं । हाम्रो सहयोग निरन्तर रहने छ ।