वालुवा तस्करका आँखा वुढीगण्डकीमा मुआव्जा वुझ्दै, वालुवा वेच्दै

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १४, २०७५

धादिङ बैशाख १४ । वुढीगण्डकी जलविद्युत आयोजना वाट जग्गाको मुआव्जा वुझेका स्थानीयवासीहरुको कमाईको श्रोत वालुवा पनि थपिएकोछ । आयोजना मातहत गैसकेको जग्गामा विभिन्न स्थानमा वालुवाखानी संचालन गरेको फेला परेकोछ ।

स्थानीय प्रसासनले वुधवार गरेको अनुगमनमा वुढीगण्डकी किनारका अवैध वालुवा खानी र वालुवा धुने एक दर्जन अवैध फिरफिरे उद्योगहरु वन्द गरिएकोछ । वालुवा तस्करहरुले खानी र फिफिरे दर्ता नै नगरि जेनेरेटर वाट विद्युत आपुर्ती गरि उद्योग संचालन गरेको फेला परेको थियो ।

राजमार्ग क्षेत्र वरपरका त्रिशूली नदीमा नदीजन्य पदार्थको उत्खनन र वालुवा प्रसोधन उद्योग गत फागुन अन्तिम साता देखि वन्द भए पछि वुढीगण्डकी किनारमा वालुवा तस्करहरुले आंखा गाडेका थिए । राजमार्गका करिव १ सयवाटा फिरफिरे वन्द भए पछि जिल्लामा वालुवाको हाहाकार परेको थियो ।

यसै मौकामा वुढीगण्डकी किनारमा रातारात उद्योग संचालन गर्न पुगेका तस्करहरुले सदरमुकाम लगायतका वजारमा मंहगोमुल्यमा वालुवा वेच्दै आएका थिए । ‘विगत ६ महिना देखिनै गोरखा र धादिङको सीमानामा पर्ने वुढीगण्डकी नदी किनारका वालुवाखानीहरु संचालन गरि दोहन वढेको, सधैं स्वच्छ र निर्मल वग्ने वुढीगण्डकीनदी पनि धमिलो हुदैं गएको उजुरी परेको थियो’– प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वताए ।

उजुरीका आधारमै छड्के अनुगमनमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी धोलरकराज ढकाल खानी संचालन गरि रहेका स्थलमा पुग्दा वालुवा ओसार पसार भैरहेको र स्थानीय प्रहरी मुकदर्शक वनेको आरोप लगाएका छन् । सहायक प्रजिअ ढकालले उक्त भेकका २ वटा स्थानीय प्रहरी चौकीलाई कुनै पनि वालुवा खानी संचालनमा रोक लगाउनुका साथै वालुवा ओसार्ने टिप्परलाई नियन्त्रणमा लिन आदेश दिएका छन् ।

ज्वालामुखी गाउ“पालिका अन्र्तगत पिपलटार र वुङ्गकोटघाट तथा गोरखाको दर्वुङ्ग, पट्टी एक दर्जन भन्दा वढी अवैध वालुवाखानी संचालनमा छन् । ‘वालुवा निकालेको जग्गा वुढीगण्डकीले डुवान क्षेत्रमा पार्ने भएकोले पनि भुकम्प पिडितहरुलाई पुनर्निमाणको चरणमा वालुवा उपलव्ध गराईएकोहो, वालुवा निकासी गरे वापत स्थानीय गाउ“पालिकाले प्रतिखेप ७ सयका दरले निकासी कर लिने गरेको’ वताए ।

प्रस्तावित वुढीगण्डकी जलविद्युत आयोजना वाट करोडौं रकम मुआव्जा लिई सके पछि आयोजनाको अधिनस्थ आएको जग्गा सरकारी नभएर स्वतः व्यक्तिको सम्पती सरह हुने र स्वीकृत वेगर आयोजना स्थलको वालुवा र जंगलको काठ वेच्नु सरासर कानुन विपरित रहेको आयोजना प्रमुख कृष्ण कार्कीले वताएका छन् ।

आयोजना प्रमुख कार्कीका अनुसार ‘नदी किनारका सवै वालुवा खानी र गिट्टी वेच्दै गए आयोजनालाई आवस्यक पर्ने परिणामको निर्माण सामाग्री कता वाट खरिद गर्ने र आपुर्ती गर्ने ? यसवारे स्थानीय निकाय चनाखो हुनु पर्नेमा उल्टै दोहनकारीलाई सघाएको आरोप लगाएका छन् ।