काठमाडौं वैशाख,१४ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टीको विधान विपरित नचल्न चेतावनी दिएका छ ।
पार्टी केन्द्रीय कार्य समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेले विधानसम्मत ढंगले अघि बढेमात्रै पार्टीभित्र बलियो एकता हुने धारणा राखेको पनि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेता पौडेलले सभापति देउवाले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढंगले अघि नबढाएकै कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको आरोप पनि लगाए ।
बैठकमा नेता विजयकुमार गच्छदारले पार्टीलाई एकताबद्ध बनाएर लैजान आह्वान गरेका थिए । उनले पार्टी एकता गर्ने बेला भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको नेताहरुले बताएका छन् ।
पार्टी पदाधिकारी तत्काल मनोनयन गरेर अघि बढने सभापति देउवाले तयारी गरिरहेका बेला वरिष्ठ नेता पौडेलले त्यसो गर्नु विधान विपरित हुने भन्दै आपत्ति जनाएका हुन् ।