गुल्मी,वैशाख १४। आज विहान मर्निवाक गएको बेला लडेर गुल्मीका एक जनाको मृत्यु भएको छ ।
सुनार शुक्रबार बिहान मर्निङवाक गएको बेला लडेर घाइते भएका थिए । घाइते भएका सुनारलाई घरमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य यादवले जानकारी दिए ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ भुजेलखर्क निवासी ४५ वर्षीय भिमबहादुर सुनारको मृत्यु भएको हो ।