भारतिय सुरक्षाकर्मीको दादागिरी

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १४, २०७५

धनगढी वैशाख,१४। कैलालीको पुनर्वास नगरपालिका–९ का बासिन्दाले जंगली जनाबर नियन्त्रणका लागि विद्युतीय तारबार प्रयोग गर्न खोज्दा भारतिय (एसएसबी) ले अवरोध गरेको छ ।

गत वर्ष पनि पुनर्वासको आनन्द बजारमा एसएसबीले अवरोध गर्दा तनाव बढेको थियो । विवादको क्रममा एसएसबीले गोली चलाउँदै स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो ।

१९५ नम्बर सीमास्तम्भ नजिक तारबार गर्न खोज्दा एसएसबीले अवरोध पुर्‍याएको वडाध्यक्ष नारायण जैशीले जानकारी दिए । सो क्षेत्रमा विद्युतीय तारवार लगाउने पूर्वसहमति भएपनि बिहीबार एसएसबीले पुनः अवरोध गरेको अध्यक्ष जैशीले बताए ।

विवाद नहोस् भनेर पूर्वसहमति नै गरी दशगजा क्षेत्रबाट करिव ५.७ मिटर वरैबाट तारबार गर्न खोज्दासमेत एसएसबीले अवरोध गर्‍यो,’ जैशीले भने ।

स्थानीयबासीले गाडेका पोलहरु हतियारधारी एसएसबीले उखेलेर फालेको छ भने तारहरुलाई काटिदिएको छ ।

यो घटना भएको एक वर्ष पूरा हुँदासम्म पनि नेपाल(भारत) सीमा विवाद समाधान हुन नसक्दा नेपालीहरुले पटक पटक एसएसबीको ज्यादती सहनुपरेको स्थानीय बताउँछन् ।