वीरगञ्ज, वैशाख १४। पर्सा प्रहरीले भारतबाट विभिन्न तवरले भन्सार छलेर नेपालतर्फ ल्याउँदै गर्दा २० लाख मूल्य बराबरको समान भन्सार पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएका प्रहरी गस्ती टोलीले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा ती समानहरु बरामद गरेको थियो ।
भन्सार पठाइएका सामाग्रीहरुमा ८ कार्टुन स्याउ, १२० मिटर पाइन्टको कपडा, १ सय ८ मिटर जेन्स सुटको कपडा, ६ थान बनारसी साडी, ३५ थान कडाइ कुर्ता सुट, १८ थान सुतीको कुर्ता सुट, १५ के.जी.सुर्ती, १ सय २ के।जी। मरिच, ५० के.जी. पापड, १० लिटर रिफाइन सफारी तेल, ५३ लिटर खाने तेल, ८१ लिटर अमृत रिफाइन तेल, १९ थान छालाको पेटी, ६५ के.जी. चिनी, र अन्य खुद्रा सामानहरु रहेका छन् ।
विभिन्न समयमा बरामद गरिएको २ लाख मूल्य बराबरका सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।