दिपायल, वैशाख १४। डोटीको बुडरमा कारको ठक्करबाट मोटरसाइकल चालक राजेश विष्टको मृत्यु भएको छ ।
कारको ठक्करबाट डोटीको जोरायल गाउँपालिका–२ छतिवन बुडरस्थित कुखुरा फार्ममा कार्यरत विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरिक्षक हर्कबहादुर चन्दले जानकारी दिए ।
मृत्यु हुनेमा कैलालीको भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने अन्दाजी १९ वर्षका राजेश विष्ट रहेको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ ।
कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बा १६ च ८७८२ नम्बरको स्करपियो कारले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान करिब साढे आठ बजे ठक्कर दिएको थियो ।
ठक्कर दिने कारको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।